कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि तीन वटा स्वास्थ्य संस्था सील

 भदौ २१, २०७७ आइतबार १९:४७:४५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दाङको तुलसीपुरका तीन वटा स्वास्थ्य संस्थालाई सील गरिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणमा चार जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण देखिएपछि तुलसीपुर–१८ मा रहेको हेमन्तपुर स्वास्थ्य चौकी, तुलसीपुर–१ मा रहेको पवननगर स्वास्थ्य चौकी र तुलसीपुर–१७ मा रहेको स्वास्थ्य चौकी सिल गरिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीका अन्य कर्मचारी, सङ्क्रमितका परिवार र अन्य सम्पर्कमा रहेका व्यक्तिको स्वाब सङ्कलन गरी रिर्पोट नआउँदासम्मका लागि सिल गरिएको फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी बन्द भएपछि उपचारसेवा प्रभावित बनेको छ । तुलसीपुरमा हिजो शान्तिनगरका १ जनासहित १९ जनामा कोरोना सङ्क्रमण देखिएको थियाे । सङ्क्रमितमध्ये मानपुर स्वास्थ्य चौकीका दुई जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी, पवननगर स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मी र हेमन्तपुर नगर स्वास्थ्य केन्द्रका एक जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया