जुम्लामा कोरोना सङ्क्रमितलाई योगाभ्यास गराइँदै

 भदौ २२, २०७७ सोमबार १६:०:५३ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा कोरोना भाइरसका सङ्क्रमितलाई योगाभ्यास गराउन थालिएको छ । सङ्क्रमितको प्रतिरक्षा प्रणाली बलियो बनाउन योगाभ्यास गराउन थालेको आयुर्वेद शाखा जुम्लाका प्रमुख तथा आयुर्वेद डाक्टर प्रतिभा शर्माले जानकारी दिनुभयो । 

सङ्क्रमितहले निकै रुचि राखेर उत्साहका साथ योगाभ्यास गरिरहेको उहाँले बताउनुभयो । सदरमुकामसँगै अरु पालिकामा रहेका आइसोलेशनमा समेत टोली पठाएर योगाभ्यास गराउन थालेको उहाँले बताउनुभयो ।

यसका साथै सङ्क्रमितहरुलाई आयुर्वेदिक औषधिसमेत वितरण गरिँदै आएको छ । योगले फाइदा पुगेको भन्दै यसलाई निरन्तरता दिइरहनुपर्ने सङ्क्रमितहरुले बताएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया