कपिलवस्तुका पत्रकार बनारसी वर्मा रहेनन्

 भदौ २२, २०७७ सोमबार २०:३२:३६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुमा रहेर टेलिभिजन क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील बनारसी वर्माको सोमबार दिउँसो निधन भएको छ ।

मधुमेह, उच्च रक्तचाप र मिर्गाैला रोगबाट पीडित ६२ वर्षीय वर्मा उपचाररत रहेको परिवारले जनाएको छ । उनमा काेराेना सङ्क्रमण पुष्टि पनि भएकाे थियाे । 

उनी नेपाल पत्रकार महासङ्घकका पूर्वउपाध्यक्ष र मधेशी पत्रकार समाजको केन्द्रीय उपाध्यक्षको पदमा पनि रहेका थिए । 

पत्रकार वर्माको निधनप्रति सङ्घीय सांसदहरु बृजेश कुमार गुप्ता, अभिषेक प्रताप शाहले दुःख व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, मधेशी पत्रकार समाज, प्रेस सेन्टरलगायत पत्रकार सम्बद्ध सङ्घ संस्थाले समवेदना प्रकट गरेका छन् । 

स्वर्गीय पत्रकार वर्माको सोमबार नै तौलिहवाको वाण गंगा नदीको रामघाटमा दाह संस्कार गरिने कार्यक्रम रहेको छ । वर्माका पत्नी, दुई छोरी र दुई छोरा छन् । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया