तनहुँको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

 चैत ३०, २०८१ शनिबार १३:७:७ | रासस
unn.prixa.net

तनहुँ  – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ ।

६९ मेगावाट क्षमताको यस केन्द्रबाट अहिले ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो ।

लामो समयदेखि सुक्खायाम हुँदा नदीमा पानीको बहाव कमी भएकाले उत्पादन घटेको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताउनुभयो ।

अहिले ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिनुभयो । केन्द्रमा २३/२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् ।

यो केन्द्र सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । यो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाण्डौ स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडेर वितरण हुँदै आएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया