वर्ष २०८१ : ४ वटा चलचित्रको व्यापार १० करोडभन्दा धेरै, पूर्णबहादुरको सारङ्गीले इतिहास रच्यो

 चैत २८, २०८१ बिहीबार १५:१२:० | रासस
unn.prixa.net

काठमाण्डाै – २०८१ साल नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा सुखद रहेको छ । यस वर्ष प्रदर्शन भएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस) मा पूर्णबहादुरकाे सारङ्गीले ४६ करोड ८० लाख कारोबार गरेको तथ्याङ्क छ । यो नेपाली चलचित्रले गरेको व्यापार इतिहासमै धेरै हो ।

यो वर्ष पूर्णबहादुरको सारङ्गी, १२ गाउँ, छक्कापञ्जा ५ र बोक्सीको घर गरी चार वटा चलचित्र १० करोड रुपैयाँभन्दा धेरैको व्यापार गर्न सफल भएका छन् । बक्स अफिसको तथ्याङ्कानुसार १२ गाउँले १९ करोड ९२ लाख, छक्कापञ्जा–५ ले १५ करोड २० लाख र बोक्सीको घरले १० करोड दुई लाख रुपैयाँको व्यापार गरेको छ । यस्तै अहिले प्रदर्शन भइरहेको अञ्जिलाले सात करोड ५० लाख रुपैयाँ व्यापार गरेको छ ।

चलचित्र विकास बोर्डको तथ्याङ्कानुसार यस वर्ष ६० वटा नेपाली चलचित्र चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई वटा चलचित्र पिताम्बर र कर्मा भाेलिदेखि प्रदर्शन हुँदैछन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया