खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन र निषेधाज्ञाका कारण मर्कामा परेका व्यवसायीको घरभाडा मिनाहा गर्न माग गरेको छ ।
महासङ्घका अध्यक्ष नरेश कटुवालले विज्ञप्ति निकाले झण्डै छ महिनाको लकडाउन र निषेधाज्ञाबाट उद्योग व्यावसायिक क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गर्नुभएको हो ।
महासङ्घले लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको ब्याज पूर्णरुपमा मिनाहा गर्न र कोभिड-१९ बाट प्रभावित उद्योगी, व्यापारीलाई बचाउन पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गरेको छ ।
एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्नसमेत माग समेत गरेको छ । यस्तै निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दैै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने अध्यक्ष कटुवालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
आइत बहादुर गुरुङ्ग
Sept. 8, 2020, 1:05 p.m.सरकारले पुर्ण रुपमा चासो दिन पर्यो। ब्यबसायिहरु नत्र उकालो भन्दा पनि बढी ओरालो लाग्नेछन्।जय सरकार🙏