चिकित्सक र कामदारसहित गण्डकी प्रदेशमा थप ५९ जनामा काेराेना सङ्क्रमण

 भदौ २३, २०७७ मंगलबार १२:४०:५० | राधाकृष्ण डुम्रे
unn.prixa.net

 स्याङ्जा - पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारीसहित गण्डकी प्रदेशमा ५९ जना सङ्क्रमित थपिएका छन् । सबैभन्दा धेरै सङ्क्रमित पोखरामा थपिएका छन् ।

 सङ्क्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रकाे पोखरा फुड्स प्रालिका कामदारमात्र २४ जना छन् । जसमा २० महिला र ४ पुरुष रहेका छन् । 

 त्यस्तै पोखराको पार्कल्यान्ड अस्पतालका एक जना चिकित्सक र गण्डकी मेडिकल कलेजमा उपचाररत एक बिरामीमा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । 

गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सुस्ता पूर्व) मा ९ जना त्यस्तै तनहुँका ३ जना बाग्लुङका ९ जना र गोरखाका १० जनामा समेत सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार छ सय ६० जना पुगेको छ । एक हजार सात सय ८५ जना निको भएका छन् भने २० जनाको निधन भएको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया