रहेनन् तेलुगु कलाकार जयप्रकाश रेड्डी

 भदौ २३, २०७७ मंगलबार १३:५२:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै –  साउथ इण्डियन तेलुगु चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातका कारण निधन भएको छ ।

रेड्डीको मङ्गलबार ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मङ्गलबार बिहान उनी बाथरुममा लडेको अवस्थामा भेटिएका उहाँका परिवारका सदस्यले बताएका छन् ।

उनले तेलुगु चलचित्रमा छुट्टै स्थान बनाएका छन् । रेड्डी हास्य र चरित्र अभिनेतासँगै खलनायककाे पात्रमा लोकप्रिय छन् । आन्ध्र प्रदेशको गुन्टरमा बस्दै आएका उनले ‘ब्रह्मपुत्रुदू’ चलचित्रबाट फिल्मी करियर सुरु गरेका थिए । 

उहाँका ‘समरासिंह रेड्डी’, ‘उथामपुथिरन’, ‘प्रेमिचुकुन्दाम रा’, ‘गब्बर सिंह’, ‘चेन्नेकेशवरेड्डी’, ‘सीतय्या’ लगायत चलचित्र लोकप्रिय छन् । उनको निधनप्रति टलिउडसँगै बलिउड कलाकारले समवेदना प्रकट गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया