करको दर हैन दायरा बढाउँदै भरतपुर महानगरपालिका
माघ १०, २०७७ शनिबार
बाँके – भेरी अस्पतालमा बिहीबारदेखि कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले अस्पतालको उद्घाटन गर्नुभयो ।
कोरोना विशेष अस्पताल अक्सिजन सुविधासहितको ७२ शय्याकाे छ । एउटा भेन्टिलेटरसहित सात शय्याकाे आईसीयूसमेत रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो । अस्पतालको उद्घाटन गर्दै मन्त्री बरालले उपचार सेवा विस्तारमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो ।
उद्घाटन अवसरमा प्रदेश सांसद आईपी खरेल, भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, कोरोना विशेष अस्पताल सञ्चालन उपसमितिका संयोजक डा. श्यामसुन्दर यादव, सामाजिक अगुवा मधु रिजाल, समितिका सदस्य धनीराम वली, कृष्ण श्रेष्ठ लगायतले भेरी अस्पताललाई प्राथमिकता राखेर स्तराेन्नतिका लागि माग गर्नुभयो ।