नवलपरासीमा मध्यबिन्दु जिल्ला अस्पतालको सेवा प्रतिक्षालयबाट

 भदौ २६, २०७७ शुक्रबार १०:११:३२ | रासस
unn.prixa.net

नवलपरासी - नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालले प्रतिक्षालयबाट ओपीडी सेवा दिन थालेको छ ।

जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय  सहयोगीमा  कोरोना सङ्क्रमण देखिएपछि अस्पतालबाहिरको प्रतिक्षालयबाट सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल गौतमले बताउनुभयो । 

बिहान १० बजेदेखि चार बजेसम्म अस्पतालबाहिरकै प्रतिक्षालयबाट सेवा दिइने उहाँले बताउनुभयो । जिल्ला अस्पतालमा आउने बिरामीले उपचार नपाएर फर्किन नपरोस् र कोरोनाको जोखिम पनि कम होस् भनेर यसरी सेवा दिन थालिएको उहाँले बताउनुभयो ।

अस्पतालका कुनै पनि सेवा नरोकिएको डा. गौतमको भनाइ थियो । बिरामीको चापको अवस्था हेरेर केही दिन बाहिरबाटै सेवा दिइने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया