संसदीय उपसमितिद्वारा कोरोना अस्पतालको अनुगमन

 भदौ २७, २०७७ शनिबार १२:५९:१६ | रासस
unn.prixa.net

काठमाण्डाै - सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले कोरोना अस्पतालको अनुगमन गरेको छ । 

संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा रहेको मनमोहन अस्पताल दहचोक र सशस्त्र प्रहरी अस्पताल सतुङ्गलको अनुगमन गरेको हो । 

उपसमितिले कोभिड उपचार केन्द्रको अवस्था, आइसोलेशन सेन्टर, बिरामीको स्वास्थ्य अवस्था, खानपान, सरसफाइको बारेमा जानकारी लिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो । 

मनमोहनमा १४० र सशस्त्रमा २०० सङ्क्रमितको उपचार भइरहेको नगरपालिकाले जनाएको छ । जसमध्ये आठजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अनुगमनका क्रममा उपसमितिका संयोजक श्रेष्ठले कोरोना सङ्क्रमित बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्डअनुसार हुनुपर्ने बताउनुभयो । 

उहाँले कोरोना उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई समेत धन्यवाद दिनुभयो । चन्द्रागिरीमा शुक्रबारसम्म २२७ जना कोरोना सङ्क्रमित भेटिएकामा ८८ जना डिस्चार्ज भएर घर गइसकेका छन् ।

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया