पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : मन्त्री भट्टराई

 भदौ २७, २०७७ शनिबार १९:५४:२९ | रासस
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताउनुभएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको विमानस्थल निर्माणको आज स्थलगत निरीक्षण गर्दै उहाँले कोरोना सङ्क्रमणका बाबजुद विमानस्थलको निर्माण निरन्तर भइरहेको बताउनुभयो । विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालन गराउने कुरामा सरकार लागिरहेको उल्लेख गर्दै उहाँले कोरोना सङ्क्रमणका कारण साधन श्रोत एंव जनशक्ति अभाव हुन नदिन सरकारका तर्पmबाट आवश्यक सहजीकरण गर्नेमा विश्वस्त तुल्याउनुभयो ।

उहाँले निर्धारित लक्ष्यअनुसार नै सन् २०२१ भित्रमा विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आई अन्तर्राष्ट्रिय उडान शुरु हुने विश्वास व्यक्त गर्नुभयो । कोरोनाका कारण झण्डै छ महिनायता रोकिएका आन्तरिक एंव अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारी भइरहेको उहाँको भनाई छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलको निर्माण अहिलेसम्म ६४ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया