गण्डकी प्रदेशका थप तीन कोरोना सङ्क्रिमतको ज्यान गयो

 भदौ २८, २०७७ आइतबार १३:४८:२८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङजा – गण्डकी प्रदेशका थप तीन जना कोरोना भाइरसका सङ्क्रिमतको ज्यान गएको छ । योसँगै गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार काठमाण्डौका विभिन्न अस्पतालमा तीन जनाको ज्यान गएको हो । 

तनहुँको आबुखैरेनी गाउँपालिका ४ की ७६ वर्षीया वृद्धाको मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा भदौ २४ गते ज्यान गएको हो । उहाँलाई मुटुसम्बन्धी समस्या थियो ।
त्यस्तै गोरखाको भीमसेन थापा गाउँपालिका ३ का ४५ वर्षीय पुरुषको पनि शिक्षण अस्पतालमै २७ गते ज्यान गएको हो । उहाँमा मृगौलासम्बन्धी समस्या थियो ।

यस्तै कास्कीको मादी गाउँपालिका ४ घर भइ काठमाण्डौको नयाँबजार बस्ने ५१ वर्षीय पुरुषको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भदौ २७ गते निधनभएको हो । उहाँलाई क्यान्सर र हाइपोथाइराडिजमको समस्या थियो ।

कोरोना सङ्क्रमितको जहाँ ज्यान गए पनि स्वास्थ्य मन्त्रालयले रेकर्ड राख्दा जुन प्रदेशको ठेगाना हो त्यहीअनुसार राख्ने गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया