प्यान लिनेको सङ्ख्या झण्डै ३४ लाख पुग्यो, नयाँ करदाता ८२ प्रतिशतले घटे

 भदौ २८, २०७७ आइतबार १७:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको सङ्ख्या झण्डै ३४ लाख पुगेको छ ।

अर्थ मन्त्रालयका अनुसार साउन मसान्तसम्म ३३ लाख ८९ हजार नौ सय जनाले प्यान लिएका छन् । यसमध्ये २० लाख १० हजार एक सय ३४ जनाले व्यक्तिगत प्यान लिएका अर्थ मन्त्रालयले जनाएको छ । साउनमा मात्रै ३६ हजार ६ सय ८२ जनाले प्यान लिएका छन् ।

व्यावसायिकतर्फ १३ लाख ७४ हजार तीन सय ५४ प्यान जारी भएकोमा साउनमा मात्रै १५ हजार पाँच सय २२ वटा नयाँ प्यान जारी भएका छन् । यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाताको सङ्ख्या दुई लाख ५९ हजार आठ सय रहेको छ । ९७ हजार एक सय ३९ जना अन्तःशुल्कमा दर्ता भएका छन् ।

गएको आर्थिक वर्षदेखि सरकारले आर्थिक कारोबारको लागि प्यान अनिवार्य गरेपछि लिनेको सङ्ख्या बढिरहेको छ । तर गएको वर्षको साउनको तुलनामा यो वर्षको साउनमा प्यान लिनेको सङ्ख्या ८२ प्रतिशतले, भ्याटमा दर्ता हुनेको सङ्ख्या ६४ र अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या ४८ प्रतिशतले घटेको छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया