बैंक अफ काठमाण्डूको विद्युतीय सामान खरिदमा शून्य प्रतिशत ब्याजदर किस्ताबन्दी योजना

 भदौ २८, २०७७ आइतबार १६:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बैंक अफ काठमाण्डूले विद्युतीय (इलेक्ट्रोनिक) सामान खरिदमा शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजना ल्याएको छ ।

नेपालीहरुको महान चाडपर्वलाई लक्षित गर्दै घरायसी विद्युतीय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना ल्याएको बैंक अफ काठमाण्डौ लिमिटेडले जनाएको छ । 

यस योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकले आफूलाई आवश्यक सीजी, एलजी, गोदरेज, टीसीएल, सेन्सी, इलिका, केण्ट तथा ब्ल्याक एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतीय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

यी ब्राण्डका घरायसी विद्युतीय उपकरणहरु जस्तै टिभि, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसिन, एसी, माइक्रोवेभ, भ्याक्युम क्लिनर, डिस वासर, स्टाइलर, पानी शुद्धिकरण मेसिन, चिम्नी तथा भान्सासँग सम्बन्धित सबै सामान किस्ताबन्दीमा खरिद गर्न सकिने बैंक अफ काठमाण्डूले जनाएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेड र सीजी डिजिटल प्रालिबीच भएको व्यापारिक सम्झौता अन्तर्गत यो योजना ल्याइएको हो । यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतीय उपकरण खरिद गर्दा कुनै पनि ब्याज लाग्ने छैन ।

यस सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् ।

सीजी सोरुमहरु : ​

कुमारीपाटी, रबिभवन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तिगौंडा, इटहरी तथा भरतपुर

एलजी सोरुमहरु :

मिनभवन, सिभिल मल, जावलाखेल, कान्तीपथ, चाबहिल, सितापाइला, इमाडोल तथा बिराटनगर 

यस योजनाको बारेमा थप जानकारी चाहिएमा बैंकको कार्ड सेन्टरको टेलिफोन नम्बर ०१–४४२७३९८ मा सम्पर्क गरेर बुझ्न सकिने बैंले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया