हरेक नेपालीको थाप्लोमा ४५ हजारभन्दा धेरै ऋण, एक महिनामै बढ्यो २ हजार

 भदौ २८, २०७७ आइतबार १७:९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्ब ७२ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको साउन महिनासम्म सरकारको ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

यसमध्ये आन्तरिक ऋण ६ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने सात खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । कुल ऋणलाई नेपालको अहिलेको जनसङ्ख्या तीन करोड ८२ हजार आठ सयले भाग गर्दा हरेक नेपालीको थाप्लोमा ४५ हजार ६ सय २७ रुपैयाँ ऋण पर्न आउँछ ।

असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो । त्यो बेला हिसाब गर्दा हरेक नेपालीको थाप्लोमा ४३ हजार सात सय रुपैयाँ ऋण रहेको थियो । 

साउन महिनामा सरकारले आन्तरिक ऋणको ३० करोड ४४ लाख रुपैयाँ ब्याज तिरेको छ । यस्तै बाह्यतर्फ ६० करोड पाँच लाख सावाँ र २८ करोड ८१ लाख ब्याज तिरेको छ । समग्रमा साउन महिनामा एक अर्ब १९ करोड ३० लाख रुपैयाँ सावाँ र ब्याज तिरिएको अर्थ मन्त्रालयले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • sushil

    Nov. 11, 2020, 3:14 p.m.

    अहो जम्मा यति पर्र्यो सरकार ...विकाशमा कम खर्च , अनि गाडीमा बढी गरेपछि हुँदैन त बढी ....

  •  0 Reply

तपाईको प्रतिक्रिया