ब्यारेकका २७ जनामा कोरोना सङ्क्रमण

 भदौ २८, २०७७ आइतबार १८:३७:२० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – आइतबार धादिङकाे बैरेनीमा रहेकाे श्री नम्बर ६ बाहिनी अड्डा (नेपाली सेनाको ब्यारेक) का २७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

यसअघि ६ जनामा काेराेना पुष्टि भएपछि गरिएको कन्ट्याक ट्रेसिङमा थप २७ जनामा सङ्क्रमण देखिएकाे हाे । योसँगै आइतबारसम्म ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका तीन जना र गल्छी गाउँपालिकाका २८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको हो । 

कोरोना सङ्क्रमण पुष्टि भएका कसैलाई पनि लक्षण नदेखिएको र सबैलाई आइसोलेशसनमा राखिएको धादिङ स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

योसहित धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय १६ पुगेको छ । कोरोना सङ्क्रमणपछि निकाे हुनेको सङ्ख्या एक सय ७७ रहेको स्वास्थ्य कार्यालयले बताएकाे छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया