सुनको भाउ तोलामा एक सय रुपैयाँ बढ्यो, चाँदीको ५ रुपैयाँ घट्यो

 भदौ २९, २०७७ सोमबार ११:२७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेको छ । 

सुन आज तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार ८ सय रुपैयाँ तोकिएको थियो । 

चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँ घटेर तोलामा १३ सय २० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया