जगदम्बा उद्योगमाथि कारबाही

 भदौ ३०, २०७७ मंगलबार १४:२६:२७ | रासस
unn.prixa.net

बारा – बाराको सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगलाई कारबाही भएको छ । कम गुणस्तरको लोहा छड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारबाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ ।

विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड भेटिएपछि कारबाही गरेको जनाएको छ । उद्योगले आफ्ना उत्पादन एक नम्बरको भनेर दाबी गरे पनि गुणस्तर कमजोर देखिएको गुणस्तर तथा नापतौल अचल कार्यालय वीरगञ्जका कर्मचारीको भनाइ छ ।

उत्पादित लोहा छडमा कैफियत देखिएकाले गुणस्तरको सुनिश्चिता नभएसम्म छडको उत्पादन र बिक्री नगर्न लिखितरुपमा पत्रसमेत पठाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताउनुभयो । विभागका निर्देशक सञ्जीव ठाकुरले उद्योगीको उत्पादन रोक्नका लागि पत्र पठाइएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया