रक्सीले मातेका ७० वर्षीय बुवाले छुरा प्रहार गर्दा छाेराकाे ज्यान गयाे

 भदौ ३०, २०७७ मंगलबार १४:४२:४१ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पोखरिया नगरपालिका ६ काे सिर्सियामा बुवाले छुरा प्रहार गर्दा छाेराकाे ज्यान गएकाे छ । 

बुवाले रक्सी खाएर आएको विषयमा दुई जनाबीच भनाभन भएको थियो । रक्सीले मात्तिएका बावुले छुरा प्रहार गर्दा ३५ वर्षीय छोरा माधव साह राैनियारकाे ज्यान गएकाे हाे । छुरा प्रहार गर्ने ७० वर्षीय बुवा लक्ष्मी साह रौनियारलाई नियन्त्रणमा लिइएकाे इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताउनुभयो  ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका माधवलाई उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा बाटोमा ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ । 

सोमबार साँझ सवा ७ बजे बुवाले छाेरामाथि छुरा प्रहार गरेका थिए ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया