विदेशमा ट्राभल एजेन्सीले बढी भाडा लिए भने उजुरी गर्नुहोस्, हामी कारबाही गर्छौं

 भदौ ३१, २०७७ बुधबार १२:०:२४ | योगेश भट्टराई
unn.prixa.net

देशभित्र कोरोना संक्रमितको संख्या बढ्दै जाँदा विदेशबाट यात्रा गर्नेहरुबाट पनि खतरा नहोस् भनेर हामीले त्यसमा नियन्त्रण गर्न खोजेका हौं । विश्वव्यापी रुपमा चलेकै एउटा प्रचलन हामीले पनि गरेको हो ।

स्वदेश फर्किन चाहने नेपालीहरुको सङ्ख्या निकै ठूलो छ । त्यसमा पनि श्रम गन्तव्य रहेका देश मलेसिया लगायत साउदी, यूएई, कतार, कुवेत लगायतका खाडीका देशबाट छिटो फर्किनको लागि वातावरण बनाइयोस् भन्ने सबैको माग छ । यस्तै त्यहाँ रहेका नेपाली कुटनीतिक नियोगले पीसीआर परीक्षण नेगेटिभ भएकाको हकमा संख्यात्मक बन्देज हटाउनुपर्छ भनेका थिए ।

हामीले पनि त्यही अनुसार प्रधानमन्त्रीसँग परामर्श गरेपछि पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई त्यति नियन्त्रण गरिरहनु पर्दैन भन्ने निश्कर्षमा हामीहरु पुग्यौं र अब उडान संख्याहरु क्रमशः थपिंदै जानेछन् । यो कार्यान्वयन भइसक्यो ।

जहाँ जहाँ माग हुन्छ, त्यसको आधारमा उडानहरु थप्ने भन्ने सैद्धान्तिक सहमति छ, त्यही आधारमा उडानहरु थपिएका छन् । यूएई, कतार, कुवेत, मलेसिया लगायतका देशमा थपिएका छन् । जहाँबाट माग हुन्छ, त्यो ठाउँमा यदि पीसीआर रिपोर्ट नेगेटिभ छ भने उहाँहरुको निम्ति सहज हुने गरी उडान संख्या थपिंदै जानेछन् ।

त्यसको लागि एअरलाइन्स पनि तयार हुनुपर्यो । नेपाली एअरलाइन्सले मात्रै यो सबै काम गर्न भ्याउँदैन । हामीसँग त्यो क्षमता छैन र एअरलाइन्सको संख्या त्यति धेरै छैन । विदेशी एअरलाइन्सलाई पनि हामीले भनेको छौं । उहाँहरुले कतिको इच्छा देखाउनुहुन्छ, त्यही अनुसार हामीले आवश्यक ठाउँहरुमा थप्दै जानेछौं ।

अप्ठेरो परिस्थिति भएकाले भाडा केही महंगो भएको हो

अहिलेको परिस्थितिमा टिकट केही महंगो भएको हामीले पाएका छौं । अर्थशास्त्रको नियम अनुसार माग बढी भयो र पूर्ति कम भयो भने मूल्य बढ्छ भनेको छ, त्यो नियम पनि यहाँ लागू भएको हो ।

अर्को हवाइ सम्झौताको पनि कुरा आउँछ । कुनै पनि देशले अर्को देशको एअरलाइन्सलाई भाडाको लागि निर्देशन गर्न सक्ने ठाउँ हुँदैन । यति भाडा लिनु भनेर भन्न सकिन्न । सबै नेपालमा उड्ने विदेशी एअरलाइन्स र नेपाली एअरलाइन्सहरुलाई बोलायौं र यस्तो बेला महंगो भाडा नलिनुस्, समस्यामा परेकाहरुलाई उद्धार गर्ने बेला हो यो भनेर भन्यौं पनि ।

सबै मानव जातिलाई संकट परेको यस्तो बेला कमाउने समय होइन भनेर भनेका छौं र कतिपयलाई ध्यानाकर्षण गरेका छौं । तर जसलाई हामीले लिखित हिसाबले ध्यान आकर्षण गरायौं, उहाँहरुले उल्टै हामीसँग भएको हवाइ सम्झौता विपरित आफूलाई ध्यानाकर्षण गरायो भनेर हामीलाई उल्टै पत्र लेख्नुभएको छ । 

यदि कुनै एअरलाइन्सले अथवा ट्राभल एजेन्सीले तोकिएको भन्दा बढी भाडा लिएको छ भने उहाँहरुले सम्पूर्ण रसिदहरु लिएर प्रमाणसहित उजुरी गर्न सकिन्छ र हामी आवश्यक परेको खण्डमा कारबाही गर्छौं । त्यो उजुरी सम्बन्धित दूतावासमा, नेपाल फर्किएपछि नागरिक उड्ययनमा गर्न सकिन्छ ।

कतिपय अन्तर्राष्ट्रिय संस्था जस्तै आईका लगायतका जो टिकटको व्यवस्थापन गर्छन् उनीहरुले पनि हामीले गरेको ध्यानाकर्षणप्रति आपत्ति जनाएका छन् । अब हामीले नियमन गर्न सक्ने भनेको नेपालका दुई एअरलाइन्स नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सलाई हो । हामीले उहाँहरुलाई अनुचित ढंगले भाडा नबढाउन भनेका छौं । अरु विदेशी एअरलाइन्सलाई पनि निर्देशन दिएका छौं ।

एअरलाइन्सलेभन्दा पनि कतिपय ठाउँमा बिचौलियाहरुले महंगो दरमा टिकट बेचेको भन्ने सुनेका छौं । त्यसको लागि परराष्ट्र मन्त्रालयलाई सम्बन्धित देशमा रहेका कुटनीतिक नियोगहरुमार्फत त्यस्ता बिचौलियाहरुलाई नियन्त्रण गर्र्न र निगरानी गर्नको निम्ति अनुरोध गरेका छौं । 

यस्तै सम्बन्धित व्यक्तिले पनि त्यसरी ब्ल्याकमा टिकेट लिने कुरा आफैंले पनि सचेत भएर गर्नु भएन । यदि कुनै एअरलाइन्सले अथवा ट्राभल एजेन्सीले तोकिएको भन्दा बढी भाडा लिएको छ भने उहाँहरुले सम्पूर्ण रसिदहरु लिएर प्रमाणसहित उजुरी गर्न सकिन्छ र हामी आवश्यक परेको खण्डमा कारबाही गर्छौं । त्यो उजुरी सम्बन्धित दूतावासमा, नेपाल फर्किएपछि नागरिक उड्ययनमा गर्न सकिन्छ ।

हामीले परराष्ट्र मन्त्रालयलाई भनेका छौं । हाम्रो पर्यटन मन्त्रालयको भिन्नै इकाइहरु विदेशमा हुँदैनन् । नेपाल सरकारका नियोगहरुले नै गर्ने हो । कहिलेकाहीँ काठमाण्डौ –दिल्लीकै उडानमा सहज अवस्थामा १० हजारमै पनि उडान गर्न पाउँछौं । तर कहिलेकाहीँ ४० हजार तिर्दा पनि टिकट पाइँदैन ।

यो माग र आपूर्तिबीचको सम्बन्धले पनि यस्तै गर्छ । हवाइ उडानको विश्वव्यापी प्रचलन नै यस्तै छ । यसमा हामीले सकेसम्म सरकारको क्षमताले भ्याएसम्म र देखेसम्म नियन्त्रण र अनुगमन गर्छौं । त्योभन्दा ज्यादा यसमा अरु उपाय हुँदैन ।

अब समयमै उडानहरु हुन्छन्

धेरै समय अगाडि नै निश्चित उडानहरु हुन्छन् । कतिपय नयाँ उडानहरु थप्दा त्यस्तो समस्या आएको होला, त्यसमा हामीले हाम्रो निकायबाट अनुगमन गर्न लगाउँछौं । जहाँ नियमित उडान छ त्यहाँ त्यस्तो समस्या नै हुँदैन । साउदीमा हाम्रो नियमित उडान छैन ।

त्यहाँ चार्टड फ्लाइट मात्रै हुन्छ, त्यसो हुँदा कहिलेकाहीँ तलमाथि हुन सक्छ । जहाँ नियमित उडान् छन्, त्यहाँ कुन कुन देशमा कुन एअरलाइन्सले कहिले उडान गर्छ भन्ने कुरा वेबसाइटमा अहिले नै तय भइसकेको हुन्छ । झण्डै अर्को एक महिनाको लागि उडान तालिकाहरु सार्वजनिक गरिसकेका छौं ।

परदेशमा उडान पर्खेर बसिरहनुभएकाहरुले अब सजिलै नेपाल फर्कन पाउनुहुन्छ । उडान संख्या थपिदै जाँदा उहाँहरुको समस्या समाधान हुँदै जान्छ ।

परदेशमा उडान पर्खेर बसिरहनुभएकाहरुले अब सजिलै नेपाल फर्कन पाउनुहुन्छ । उडान संख्या थपिदै जाँदा उहाँहरुको समस्या समाधान हुँदै जान्छ ।

चार्टर उडानमा पीसीआर परीक्षण नगरी आउनुभो भने, त्यस्तो उडानमा पीसीआर परीक्षण नेगेटिभ भएको र अरुलाई एकै ठाउँमा राख्न पाईंदैन । पीसीआर नेगेटिभ भएकाको अलगै उडान गर्नुपर्छ । यदि पीसीआर परीक्षण उपलब्ध छैन कुनै देशमा त्यस्तो उडानलाई पनि हामी अनुमति दिन्छौं । तर उहाँहरुको हकमा काठमाण्डौ आएपछि एक हप्ता होटेल क्वरेण्टीनमा बस्नुपर्छ ।

फर्कन खोज्ने कति हुनुहुन्छ, त्यो मागको आधारमा उडान सङ्ख्या बढ्छ । माग भएअनुसार बढ्छ । कति उडान संख्या चाहिने हो भन्ने कुरा सम्बन्धित देशको कुटनीतिक नियोगले माग गर्नुपर्यो त्यो अनुुसार उडान संख्या बढ्छ । फर्कन पर्ने नेपाली दाजुभाइ दिदीबहिनीहरु सहज रुपमा फर्कन पाउनुहुन्छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

योगेश भट्टराई

योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्छ । 

2 Comments

  • KAMAL SING BUDHATHOKI

    Sept. 17, 2020, 1:41 p.m.

    नापिस...मान्छेहरु ५/६ महिना देखि बिना तलब रोकिएर महगो टिकट सारा नेपालीलाई २/४ पैसा दान मागेर पनि जान परेको तेरो फुट्ने आखाले देखिनस, केपीको तलुवा चाट्ने भाते थुक्क धिक्कार छ नरपिचासु हरुलाई ...प्रदेशबाट यो समस्यामा गुज्रियाक हरुले कृपया दश औला जोडेर भन्दै छु आउने चुनावमा नेकपा र कांग्रेसको बिकल्प खोज्नु। भुलेर पनि बिदेशिएका युवाहरु यिनीहरुलाई भोट नहाल्ने संकल्प गरौ आजै देखि।

  •  0 Reply
  • डिल्लीराज मरासिनी

    Sept. 16, 2020, 2:50 p.m.

    नियमित उडान खुल्यो भन्ने विदेश जान नपाउने कहिलेदेखि जान पाउने हो जानकारी पाउँ सर,

  •  0 Reply

तपाईको प्रतिक्रिया