कैलालीमा श्राद्धको खाना खाएका एक जनाको ज्यान गयो, एउटै टोलका १५ जना बिरामी

 भदौ ३१, २०७७ बुधबार १२:२६:४६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीमा श्राद्धको खाना खाएका एक जनाको ज्यान गएको छ । एउटै टोलका १५ जना बिरामी भएका छन् ।

गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । बाँकी १५ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

तीन जनाको नवजीवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बाँकी सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोदावरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष रविन्द्र शाहीका अनुसार २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् ।

सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तताका कारण उनीहरु बिरामी परेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ३, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया