अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सार्क देशका अर्थमन्त्रीहरुको १५ औँ भर्चुअल बैठकमा परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकमा उद्घाटन मन्तव्य दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना भाइरसको कारणले विश्व अर्थतन्त्रसँगै दक्षिण एसियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्त्व बढेको धारणा राख्नुभएको छ ।
उहाँले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्क राष्ट्रहरु क्रियाशील भएर स्रोत परिचालन, सहकार्य र साझेदारी आवश्यक रहेको बताउनुभयो । सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउँदै आर्थिक पुनर्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्यासमेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको मन्त्री ज्ञवालीको भनाइ छ ।
प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री श्री प्रदीप कुमार ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व तथा बैठकको अध्यक्षता गर्नु भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।