नयाँ फिचरसहित एप्पलको वाच सिरिज सार्वजनिक, आइफोन भने सार्वजनिक भएन

 असोज १, २०७७ बिहिबार १३:२९:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको महामारीकैबीच अमेरिकी कम्पनी एप्पलले  मंगलबार नयाँ फिचरसहितको वाच सिरिज सार्वजनिक गरेको छ । यो वाच सिरिजमा पर्सनलाइज्ड सब्सक्रिप्सन सर्भिस फिटनेस प्लस फिचर समावेश गरिएको छ ।

यो सर्भिस युजरले आईफोन वा आईप्याड अथवा एपल टिभीमा चलाउन सक्ने भिडियोहरुलाई वर्कआउट चुन्ने अनुमति दिन्छ । यसको प्रतिस्पर्धा अहिले आईओएसमा रहेका पेलोटोन, लेस मिल्स र फिटसँग हुनेछ । 

भविष्यमा यो सिरिज फिटविटको लागि पनि चुनौति हुनसक्ने बीबीसीले जनाएको छ । धेरै मानिसले एप्पल मोबाइलको नयाँ आइफोन आउने सम्भावना कम रहेको अनुमान गरेका थिए । 

एप्पलले मंगलबार भएको भर्चुअल कार्यक्रममा स्मार्टवाचको दुई नयाँ सिरिज वाच सिरिज ६ र वाच एसई सार्वजनिक गरेको छ । जसमध्ये एसई सस्तो मूल्यमा उपलब्ध छ । वाच सिरिज ६ मा मुटु वा फोक्सोमा आउने समस्याको जानकारी दिन ब्लड अक्सिजन सेन्सर पनि राखिएको छ ।

एप्पलले नयाँ आईप्याड एअरमा पहिलोपटक चिप म्यानुफ्याक्चरिङ प्रोसेसिङको प्रयोग गरेको छ । यसमा प्रयोग गरिएको ए १४ प्रोसेसरबाट ४ के भिडियोलाई पनि सजिलै इडिट गर्न सकिन्छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया