काठमाण्डाै महानगरपालिकामा अब घरबाटै राजस्व तिर्न सकिने

 असोज १, २०७७ बिहिबार १३:५७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा सङ्कलन गर्ने कामको सुरुवात गरेको छ । 

महानगरपालिकाले बिहीबार वडा नम्बर २६ लगायत १० वटा वडाबाट अनलाइन सेवाकाे सुरुवात गरेको हो । महानगरपालिकाको सातौँ नगर सभाको निर्णयअनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत एकनारायण अर्यालले बताउनुभयो । 

सेवाग्राहीहरुले समयमा कर तिर्न नपाएको, सेवा समयमा नपाएको गुनासो आएपछि अब सबैले आ–आफ्नो घरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात भएको अर्यालले बताउनुभयो । 

वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले सङ्घीय राजधानीमा रहेको पालिकाले सुरु गरेको रचनात्मक कामले देशरिका पालिकालाई सेवा सुरु गर्न सहज हुने बताउनुभयो । कागजी कामले विभिन्न समस्या हुने गरेकोमा अब त्यस्तो अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो । 

अनलाइन माध्यमबाट कर निर्धारण र सङ्कलन गर्न सकिने भएपछि दैनिक कति राजस्व सङ्कलन भयो भन्ने थाहा पाउन सकिने छ । यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने महानगरपालिकाले विश्वास लिएको छ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया