अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – भन्सार विभागले दुई महिनामा झण्डै ४८ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । साउन र भदौमा ४७ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार विभागले जनाएको छ ।
यो कुल लक्ष्यको ९४ दशमलव ३३ प्रतिशत हो । दुई महिनामा ५० अर्ब ७१ करोड रुपैयाँ भन्सार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । साउनमा भन्सार विभागले लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गरेको थियो । १९ अर्ब ८९ करोड रुपैयाँको लक्ष्य रहेकोमा साउनमा २२ अर्ब ८४ करोड रुपैयाँ सङ्कलन भएको थियो ।
सबैभन्दा धेरै वीरगञ्ज भन्सारबाट आठ अर्ब ५९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै भैरहवाबाट ६ अर्ब ४९ करोड, विराटनगरबाट दुई अर्ब ५६ करोड, सुख्खा बन्दरगाहबाट दुई अर्ब ५१ करोड र नेपालगञ्जबाट एक अर्ब ४६ करोड रुपैयाँ राजस्व असुली भएको छ ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३ करोड रुपैयाँ सङ्कलन भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।