टेलिकमको अफर, ५५ रुपैयाँमा तीन दिनसम्म अनलिमिटेड युट्युब चलाउन पाइने

 असोज १, २०७७ बिहिबार १९:८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवामा विभिन्न प्याकेज सुविधा उपलब्ध गराउने भएको छ ।

असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।

साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा एक जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिदेखि तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । 

अहिले समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने दैनिक एक जीबी डाटा प्याक आठ सय ५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यो प्याक पाँच सय ५५ रुपैयाँमा उपलब्ध हुनेछ ।

संविधान दिवसका अवसरमा उपलब्ध अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिन्छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • Raj bahadur gharti chhetri

    Sept. 17, 2020, 7:53 p.m.

    Stairs

  •  0 Reply

तपाईको प्रतिक्रिया