आलु, प्याज लुकाउने र महँगाेमा बेच्ने ६ व्यापारीलाई नाै लाख ६५ हजार जरिबाना

 असोज १, २०७७ बिहिबार २०:२१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एकैदिन आठ जना व्यवसायीलाई १४ लाख ७० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

बिहीबार ६ जना आलु तथा प्याज व्यवसायीलाई मात्रै नौ लाख ६५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ । आलु, प्याजमा कालोबजारी गर्ने उलक सब्जी भण्डार, दुलाल आलु भण्डार, रञ्जन आलु प्याज भण्डार, बिजेश गौतम, सापकोटा स्टोर्स र आरके ट्रेडर्सलाई बढी मूल्य लिएको, आलु र प्याज लुकाएको जस्ता कसुरमा जरिबाना तिराइएको विभागले जनाएको छ ।

यस्तै विभागले माता सरस्वती खानेपानी प्रालीलाई दुई लाख ५० हजार जरिबाना तिराएको छ । साथै अन्य दुई कम्पनीलाई दुई लाख ५५ हजार जरिबाना तिराइएकाे छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया