कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनले दिँदैन : मन्त्री ज्ञवाली

 असोज २, २०७७ शुक्रबार १५:४३:४९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न कानुनी अड्चन रहेको बताउनुभएको छ ।

प्रेस सङ्गठनले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनी अड्चन भएको तर सरकार भने सकारात्मक रहेको बताउनुभयो । उहाँले देशको हित र कार्यक्षमताका आधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने बताउनुभयो ।

‘लोडशेडिङमुक्त बनाउन कुलमान घिसिङको मुख्य भूमिका रह्यो तर उहाँको मात्रै एक्लो प्रयासले होइन सरकारको लगानी र टिम भावनाको परिणाम हो’, प्रवक्ता ज्ञवालीले भन्नुभयो ।

फरक प्रसङ्गमा परराष्ट्रमन्त्री ज्ञवालीले एमसीसी परिमार्जनसहित पारित हुने बताउनुभयो । ‘कहाँ कहाँ परिमार्जन गर्नुपर्ने हो, त्यो हुन्छ र एमसीसी पारित हुन्छ’, उहाँले भन्नुभयो । प्रवक्ता ज्ञवालीले मन्त्रिमण्डलको पुनर्गठन कार्य मूल्याङ्कनको आधारमा हुने बताउनुभयो । प्रधानमन्त्रीलाई सफल र सजह हुने किसिमले मन्त्रिमण्डल पुनर्गठन हुने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

5 Comments

  • Anandu lama

    Sept. 21, 2020, 2:07 a.m.

    हेट के भन्या त्यो ? पुग्ने कुरा पो गर्नुपर्छ यस्तो बेलामा ....

  •  0 Reply
  • Sandesh limbu

    Sept. 19, 2020, 8:25 p.m.

    कानुनले मिल्दैन भने संशोधन गरेर मिला । तिमेरुलाई त्यहाँ के गर्नु पठाको ?? आफ्नो तलब, भत्ता बढाउनु मात्र पठाको हो ? सरकार सकारात्मक छ भने के ले रोकेको छ बाधा, अवरोध हटाएर छिट्टो नियुक्ति गर् । जहाँ इच्छा हुन्छ त्यहाँ उपाय हुन्छ ।

  •  0 Reply
  • मोतिखर सन्जेल

    Sept. 19, 2020, 6:04 a.m.

    मन्त्री प्रदिप ज्ञवालीज्यु कुलमान घिसिङ ज्युलाइ पुन बिदुत प्राधिकरन को कार्यकारिमा नियुक्ती गर्न कानुनले मिल्दैन भन्न तपाईंलाई अलिकती पनि लाज लागेन है ? चुनाब हरेको नेता लाई रास्ट्रीय सभामा लान कानुनले दिएको छ र ?

  •  0 Reply
  • Dilliram paudel

    Sept. 18, 2020, 6:24 p.m.

    हरुवा वामदेवलाई नछेक्ने कानूनले राष्ट्रसेवकलाई किन छेक्ने ??

  •  0 Reply
  • Sp sap

    Sept. 18, 2020, 4:41 p.m.

    प्रमुख कार्यकारी जो सुकैलाई बनाए पनि कुलमान का झै निरन्तर नाफामा अगाडि बढाउने , यसरि नै लोड सेडिङ अन्त्यलाई कायम गर्न लगाउने , बिधुत चुहावट रोक्ने गरि प्रतिवद्वता गराएर नियुक्ति दिन सरकारले सक्ने कि नसक्ने ?यदि प्राधिकरणलाई नाफामा नलगेमा र अन्य अवाञ्छित कार्य गरेमा जनविरोध शुरू भएमा तुरून्त सरकारले हटाउन सक्ने हैसियत नेपाल सरकारको हुनु पर्छ अन्यथा नागरिकहरूले नै सामाजिक कारबाहि गर्न पाउने ब्यवस्था समेत हुनु पर्ने जरूरि छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया