काठमाण्डौ उपत्यकामा ६ सय भन्दा धेरै स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टि

 असोज ३, २०७७ शनिबार १६:२२:४७ | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा छ सय भन्दा धेरै स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुमा सङ्क्रमण देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो । कोरोना अस्पताल, कोरोना परीक्षण गर्ने, होम आइसोलेशन, क्वरेण्टीन, कन्ट्याक्ट  ट्रेसिङमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी सङ्क्रमित भएका उहाँले बताउनुभयो ।

त्रीवी शिक्षण अस्पताल महाराजगञ्जका मात्रै एक सय ५० भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको छ । तीमध्ये २१ जना डाक्टर र अरु नर्स तथा वार्ड सहयोगीहरु रहेका छन् । यस्तै वीर अस्पतालमा एक सय १५ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ ।

वीर अस्पतालमा २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनमा रहेका कर्मचारी रहेका कार्यकारी निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिनुभयो । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठ जनामा सङ्क्रमण देखिएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया