तेल ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी

 असोज ४, २०७७ आइतबार ८:४०:३ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङमा तेल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ ।

ना ४ ख २८२२ को पेट्रोल ट्याङ्कर धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ चिरौदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ट्याङ्करमा रहेका चालक र सह-चालक बारेमा जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभयो ।

नदीमा खसेको गाडी पानीमा डुबेको छ । केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको गजुरीका प्रहरी निरीक्षक भट्टले बताउनुभयो ।

फोटो : पत्रकार पोषनाथ अधिकारीको फेसबुकबाट

अन्तिम अपडेट: चैत ५, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया