बोक्सीको आरोपमा सिरहामा महिलामाथि कुटपिट, 'उजुरी गरे चाेरीकाे आराेपमा फसाइ दिने धम्की'

 असोज ४, २०७७ आइतबार १५:३४:१६ | रासस
unn.prixa.net

सिरहा – बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ । कुटपिटबाट घाइते नवराजपुर ५ काे कसुन्डीकी ४५ वर्षीया महिलाकाे धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तले बताएका छन् ।  

ती महिलाले टुनामुना गरी गाउँका एक जना बच्चा बिरामी पारेको र अर्का एक जनाको ज्यान गएको आरोप लगाउँदै त्यहीँ ठाउँका धर्मनाथ यादव, उहाँका छोरा सन्तोष, देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादवलगायतले उनीमाथि कुटपिट गरेका पीडितका छोराले जानकारी दिनुभयो ।

गएको भदाै २९ गते राति घरमा नै सुतिरहेका बेला आमालाई घरबाट बाहिर निकालेर सडकमा लगेर कुटपिट गरेकाे छाेरा यादवले बताउनुभयो । कुटपिट गर्नेहरुले प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फसाइ दिने धम्की दिएको पनि उहाँको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शालिकराम शर्माले भने घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया