सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - यसपटक दशैंमा नयाँ नोट बजारमा पठाउने/नपठाउने विषयमा राष्ट्र बैंक नै अन्योलमा परेको छ ।
कोरोना भाइरसको महामारीका कारण पहिले जस्तो दशैंमा रमझम नहुने पक्का छ, त्यसैले राष्ट्र बैँकले पनि नयाँ नोट वितरणको बारेमा निर्णय गर्न सकेको छैन । नयाँ नोट वितरण गर्दा भीडभाड हुन सक्ने भएकाले नोट वितरण नै नहुन सक्ने सम्भावना पनि छ ।
‘दशैंमा थप रौनक थप्नको लागि नयाँ नोट बजारमा पठाउने चलन हो, तर यसपटक रौनक बढाउनेभन्दा पनि कम गर्नुपर्ने बाध्यता रहेको छ, त्यसैले हामी नै कन्फ्यूजमा छौँ, नयाँ नोटबारे निर्णय भएको छैन ।’ राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकर भट्टले उज्यालो अनलाइसँग भन्नुभयो ।
नयाँ नोट बजारमा पठाउँनासाथ नागरिक लाइन लाग्ने सम्भावना रहेकाले नोट पठाउनु पनि जोखिम नै रहेको कार्यकारी निर्देशक भट्टको भनाइ छ । ‘हामीले जानी-जानी जोखिम बढाउन मिल्दैन, जोखिम बढ्ने देखियो भने यो दशैंमा नयाँ नोट वितरण नहुन पनि सक्छ ।’ उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।