जीप पल्टिँदा दुई बालककाे ज्यान गयाे

 असोज ५, २०७७ सोमबार १६:५२:५१ | रासस
unn.prixa.net

मकवानपुर – मकवानपुरको राक्सिराङ गाउँपालिका–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको ज्यान गएको छ ।

राक्सिराङ गाउँपालिका ३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबाको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नम्बरको जीप पल्टिँदा घाइते भएका राक्सिराङ गाउँपालिका ३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

जीप चालक भीषण प्रजालाई प्रहरीले पक्राउ गरेको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया