नेप्से ६ दशमलव १२ अङ्कले घट्याे, २ अर्ब ६३ करोडकाे काराेबार

 असोज ५, २०७७ सोमबार १७:२२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साेमबार नेप्से परिसूचक ६ दशमलव १२ अङ्कले घटेको छ । साेमबार नेप्से ६ अङ्कभन्दा धेरैले घटेर १५ सय ६९ दशमलव ०६ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

साेमबार उत्पादनमूलक समूहबाहेक सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६७ दशमलव ८५ अङ्कले घटेको छ । साेमबार दिनभर दुई अर्ब ६३ करोड ७३ लाख रुपैयाँ बराबरका ८५ लाख ६५ हजार कित्ता शेयर किनबेच भएका छन् । 

सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको २१ करोड ३८ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । बजार घटेको दिन पनि साेमबार युनाइटेड फाइनान्स लिमिटेडका शेयर लगानीकर्ता १० प्रतिशत कमाएका छन् ।   

लिवर्टी इनर्जी कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने १० प्रतिशत गुमाएका छन् । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया