सानिमा बैंकको क्रेडिट कार्डकाे लागि अनलाइनबाटै आवेदन दिन मिल्ने

 असोज ६, २०७७ मंगलबार १५:४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सानिमा बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखेर अनलाइनमार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

 ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेबसाइट (www.sanimabank.com) मा गएर “क्रेडिट कार्ड आवेदन” मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरेर आवेदन दिन सकिने बैंकले जनाएको छ  ।

फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत (Approval) भएकोबारे र कार्ड उपलब्ध गराइने समयसम्बन्धी जानकारी इमेल तथा फोन मार्फत् गराइने बैंकले जानकारी गराएको छ । 

क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ । यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरेर अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्ता (EMI) मा सामान खरिद गर्न सकिन्छ ।

सानिमा बैंकले डिजिटल बैंकिङ प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरु परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया