शेयर बजारमा सबै समूहको उपसूचक घट्यो, २ अर्ब ८१ कराेडकाे कारोबार

 असोज ६, २०७७ मंगलबार १७:४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेप्से परिसूचक मङ्गलबार पनि २२ दशमलव ९१ अङ्कले घटेको छ । साेमबार ६ अङ्कले घटेको परिसूचक मङ्गलबार पनि घटेर १५ सय ४६ दशमलव १५ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

मङ्गलबार कारोबार हुने सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै बीमा समूहको उपसूचक १०९ दशमलव ४७ अङ्कले घटेको छ ।

'क' वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८४ अङ्कले घटेको छ । मङ्गलबार दिनभर दुई अर्ब ८१ करोड रुपैयाँ बराबरका ७८ लाख ५६ हजार कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम भने साेमबारकाे तुलनामा थोरैले बढी हो ।

मङ्गलबार सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ३१ करोड ९५ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । बजार घटेको दिन पनि युनाइटेड फाइनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले ६ दशमलव ८२ प्रतिशत कमाएका छन् ।

लिवर्टी इनर्जी कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया