एनसेलले ल्यायो टिकटक र फेसबुकका आकर्षक थप 'नन्स्टप प्याक'

 असोज ७, २०७७ बुधबार १५:५०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेलले नन्स्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ । 

‘प्लस’ थिम अन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबार (असोज ७) देखि सञ्चालनमा आएका छन् । ‘प्लस’ थिमले नयाँ र विशेष सेवाहरुको साथ ग्राहकलाई जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।

ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन वा ३० दिनको समयसीमा रहेका यी प्याकहरु सजिलै सुरु गरी सुलभ दरमा यी सेवा लिन सक्छन् । ग्राहकले मात्र रु २५ (कर सहित रु ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुरु गर्न सक्छन् ।

त्यस्तै ग्राहकले मात्र रु ३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिइ आफूले लिएको प्याकको समयसीमा बाँकी रहेसम्म नन्स्टप रुपमा यसको फाइदा लिन सक्छन् । यतिमात्र नभइ यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डाटा बोनस स्वरुप प्राप्त गर्ने कम्पनीले  जनाएकाे छ ।  

एनसेलको फोरजी सेवा लिएका ग्राहकले *१७१२३*१# डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशनअनुसार नन्स्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुरु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभुपेमार्फत आफ"लाई मनपर्ने प्याक सुरु गर्न सक्ने कप्नीले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ । 

नन्स्टप अफरहरु अन्तर्गत एनसेलले सात दिनको समयसीमा रहेको नन्स्टप टिकटक, फेसबुक वा युट्युब प्याक मात्र रु १०० (कर सहित रु  १२७.६९) मा र युट्युब र फेसबुकको कम्बो प्याक रु १५० (कर सहित रु १९१.५४) मा प्रदान गर्दै आएको छ । यसै योजनामा ग्राहकले सात दिनको प्याकमा चार जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डाटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसको रुपमा पाउँदै आएका छन् । 

साथै सात दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ । यी प्याक सुरु गर्ने ग्राहकले हरेक दिन पाँच सय एमबीको दरले सात दिनसम्म मात्र रु २० (कर सहितमात्र २५.५४) मा ३५०० एमबी थप फोरजी डाटा लिन सक्छन् । त्याे डाटा ग्राहकले टिकटक, फेसबुक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

नयाँ थिम ‘प्लस’ अन्तर्गत रहेर एनसेलले वायर फ्री प्लस वाइफाई, फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाई सिम प्लस योजनाहरु ल्याइसकेको छ ।  

 

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • Khadak Bista

    Sept. 23, 2020, 6:46 p.m.

    Very good

  •  0 Reply

तपाईको प्रतिक्रिया