साफका सबै उमेर समूहका प्रतियोगिता स्थगन

 असोज ८, २०७७ बिहिबार ६:१७:४० | रासस
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ । 

महासंघले बुधबार सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरुसित छलफल गरेपछि साफ च्याम्पियनसिप अन्तर्गतका सबै उमेर समूहका प्रतियोगिता स्थगन गर्ने निर्णय गरिएको जनाएको छ । अब सन् २०२० मा तय भएका कुनै पनि उमेर समूहका प्रतियोगिता सञ्चालन हुने छैनन् । 

महासंघले सन् २०२० मा पुरुष यू-१८ र यू-१६ तथा महिलाको यू-१५ प्रतियोगिता आयोजना गर्ने यसअघि तालिका सार्वजनिक गरेको थियो । कोरोना भाइरसको महामारीका कारण ती सबै प्रतियोगिता सञ्चालन गर्न नसकिने महासंघले जनाएको छ । 

महासंघले गएकाे जुन महिनामा सेप्टेम्बरसम्मको अवस्था हेर्ने र त्यसपछि प्रतियोगिताबारे निर्णय गर्ने जनाएको थियो । कोरोना महामारीको अवस्थामा खासै केही परिवर्तन नभएको भन्दै महासंघ यस वर्ष तय गरिएका तीनवटै प्रतियोगिता स्थगन गर्ने निर्णयमा पुगेको हो । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया