पाल्पाको दुई ठाउँमा पहिरोले घर पुरिंदा छ जना बेपत्ता

 असोज ८, २०७७ बिहिबार ८:३५:५१ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पाको दुई ठाउँमा पहिरोले घर पुरिंदा ६ जना बेपत्ता भएका छन् ।

रम्भा गाउँपालिका २ फोक्सिङकोट, बेलौजाका ६० वर्षका हुमबहादुर गाहाको घर पुरिँदा गाहासहित उहाँकी श्रीमती, छोरी र दुई नातिनी बेपत्ता भएका स्थानीयले बताएका छन् । घटनाबारे थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, पाल्पाबाट टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।

यस्तै रम्भा गाउँपालिका दुईकै सुरुङ डाँडामा पहिरोले घर पुरिँदा अर्की एक महिला बेपत्ता भएकी गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभएको छ । उनीहरुको खोजी भइरहेको छ ।


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया