नारायणगढ-मुग्लिङ सडक सञ्चालनमा

 असोज ८, २०७७ बिहिबार १३:१५:५८ | रासस
unn.prixa.net

काठमाण्डाै - नारायणगढ-मुग्लिङ सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ : ५ बजे पहिरो पन्छाइएको होे । 

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधबार राति ९ः २० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार यस ठाउँमा दुईतर्फी गाडी सञ्चालनमा आएको हो । त्यही सडकखण्डको पाँच किलोमा सडक एकतर्फी सञ्चालनमा रहेको छ ।

उता पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी गाडी सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । केही दिनयताको निरन्तर वर्षाका कारण नारायणगढ-मुग्लिङ सडकखण्ड र पृथ्वी राजमार्गका ठाउँ-ठाउँमा पहिरो खस्ने क्रम जारी  छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया