कपिलवस्तुमा खोलाले बगाएको जीप भेटियो, बेपत्ताको खोजी हुँदै

 असोज ८, २०७७ बिहिबार १४:५९:४ | रासस
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली खोलाले बगाएको जीप बिहीबार भेटिए पनि त्यसमा रहेका दुई जना अझै भेटिएका छैनन् ।

कोइली खोलामा आएको बाढीले बुधबार नेपाल विद्युत् प्राधिकरणको वा १ ञ नम्बरको जीप बगाउँदा चालक माधव पाण्डेको ज्यान गएको थियो भने तीन जना हाम फालेर बच्न सफल भएका थिए । तर दुई जना भने बाढीमा बेपत्ता भएका थिए ।

वाणगङ्गाको भलवाड पडेरीयामा विद्युत् मर्मतको काम सकेर कार्यालय फर्कने क्रममा जीपलाई खोलाले बगाउँदा प्राधिकरणका फ्युज सेवा गजेहडाका प्रमुख कृष्णप्रसाद पौडेल र अर्घाखाँची शीतगङ्गा नगरपालिका १३ का केशव भाट क्षेत्री हराइरहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । हराइरहेका दुवै जनाको खोजी भइरहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया