शेयर बजारमा आज : २ अर्ब २३ कराेडकाे काराेबार, १६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै कमाए

 असोज ८, २०७७ बिहिबार १६:३२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेप्से परिसूचक सूचकाङ्क बिहीबार झण्डै ६ अङ्कले बढेको छ । नेप्से ५ दशमलव ७४ अङ्कले बढेर १५ सय ६१ दशमलव २७ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

बिहीबार बैंक, व्यापार, होटल, जलविद्युत्, फाइनान्स र अन्य समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ७० दशमलव ८५ अङ्कले बढेको छ । विकास बैंक, निर्जीवन बीमा कम्पनी, उत्पादनमूलक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फण्ड समूहको उपसूचक भने घटेका छन् ।

बिहीबार दिनभर दुई अर्ब २३ करोड ३४ लाख रुपैयाँभन्दा धेरैका झण्डै ९० लाख कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको सबैभन्दा धेरै १४ करोड ७८ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

बिहीबार अपि पावर कम्पनी, माउण्टेन हाइड्रो नेपाल लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडलगायत विभिन्न १६ कम्पनीका शेयर लगानीकर्ताले नाै प्रतिशतभन्दा धेरै कमाएका छन् । सिटिजन म्युचल फण्ड–१ का शेयर लगानीकर्ताले भने सबैभन्दा धेरै २ दशमलव १२ प्रतिशतले गुमाएका छन् ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया