सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढ्यो

 असोज ९, २०७७ शुक्रबार १०:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाण्डाै - सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ ।

भाउ बढेर सुन आज तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ थियो । समग्रमा यो हप्ता सुनको भाउ तोलामा ३ हजार एक सय रुपैयाँ घटेको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार दुई सय रुपैयाँ बढ्यो । तर मंगलबार तोलामा एक हजार ७ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ५ सय रुपैयाँमा झर्यो । त्यही भाउमा बुधबार र बिहीबार तोलामा एक हजार २ सय, एक हजार २ सय रुपैयाँ घटेको सुनको भाउ आज भने फेरि बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नाफा सुरक्षित गर्नको लागि सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । तर आज सुनको भाउ घटे पनि डलर मजबुत हुँदा नेपालमा भाउ बढेको हो । 

यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार १ सय ६० रुपैयाँ पुगेको छ ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • PP Tamu

    Sept. 25, 2020, 11:26 a.m.

    सून को भाउ अझै धेरै माथि सम्म बडाेस भन्छु म त, कारन छ कि, हाम्रा नेपाली चेली हरु सून को गहना भने पछि किन तेत्ती साह्रै हुरुक्कै ? अनि, ऐले को समय कत्ती खराब छ ? तेस्तै पर, जिउ-ज्यान जान पनि कुनै बेर लाग्दैन ! भने पछि, तेस्तो खाल्को समय अनि महङ्गो हुदा-हुँदै पनि, अति नै क्रेजी हुदा हस्बेन्द लाई कत्ती साह्रो-गाह्रो पर्न जान्छ ! तेसैले हुन सक्छ, कर्मचारी देखि नेता सम्म ले घुसपैठ र भ्रस्टाचार भयको सत्ते हो ! भनेर ठोक्कुवा साथ भन्न सकिन्छ ! नत्र त, दुई छाक खाना र एक्सरो लुगा अनि अलिकती एक्स्त्रा क्रेडिट गर्न जो-सुकैले सकिन्छ ऐले को समय मा ।

  •  0 Reply

तपाईको प्रतिक्रिया