पाल्पा पहिराे : बेपत्ता ५ मध्ये २ जनाकाे शव भेटियाे

 असोज ९, २०७७ शुक्रबार १३:२७:५४ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाको रम्भा गाउँपालिका २ को फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका ५ जनामध्ये शुक्रबार दिउँसो दुई जना महिलाको शव भेटिएको छ । दुई जनाको शव भेटिए पनि परिचय भने खुलेको छैन ।

बिहीबार बिहान पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । पहिरोमा परेर हुमबहादुर गाहा, उहाँका श्रीमती धनी गाहा, छाेरी कृष्णामाया गाहा, नातिनी खुमिसरा आले र नातिनि लक्ष्मी गाहा बेपत्ता भएका थिए । 

बेपत्तामध्ये शुक्रबार दिउँसो सवा १२ बजे दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बल पाल्पाका प्रमुख अरुण सिंहले जानकारी दिनुभयो । बिहीबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहानदेखि मात्र बेपत्ताहरुको खोजी सुरु भएको हो ।  

बिहीबार नै पहिरोले घर पुरिँदा त्यही वडाकी २७ वर्षीया मोतीसरा गाहाको ज्यान गएको थियो ।    

अन्तिम अपडेट: बैशाख १३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया