धादिङ : पहिरो गएको ठाउँमा ट्याक्सी दुर्घटना, एक महिलाको ज्यान गयो

 असोज ९, २०७७ शुक्रबार १३:५९:१२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको सिद्धलेक गाउँपालिका ६ फिसटारमा ट्याक्सी दुर्घटनामा परेर एक महिलाको ज्यान गएको छ । सुत्केरी लिएर काठमाण्डौबाट धादिङबेशीतर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेशी सडकखण्डको पहिरोबाट खोलामा खसेको हाे । 

ट्याक्सी दुर्घटनामा परेर खनियाबास गाउँपालिका ४ की ५० वर्षीया विष्णुमाया तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि चार जना घाइते भएका छन । दुर्घटनामा  घाइते हुनेहरुमा खनियाबास गाउँपालिका वडा नं ४ का २२ वर्षीय आशिष तामाङ, ३१ वर्षीय सरोज तामाङ, २५ वर्षीया सन्तुमाया तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं १३ का ६० वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।

घाइतेहरुको राजमार्ग सामुदायिक अस्पतालमा उपचार गरि थप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया