पाल्पा पहिराे : बेपत्ता ५ मध्ये ३ जनाकाे शव भेटियाे

 असोज ९, २०७७ शुक्रबार १६:८:३१ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाकाे रम्भा गाउँपालिका २ काे बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । 

पहिरामा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आलेकाे शव भेटिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । 

पहिराले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी भइरहेकाे प्रहरीको भनाइ छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् । 

बिहीबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहानदेखि मात्र बेपत्ताहरुको खोजी सुरु भएको हो ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया