अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - विश्वभर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या झण्डै १० लाख पुगेको छ ।
अहिलेसम्म ३ करोड ३० लाखमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९ लाख ९८ हजारको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ । २ करोड ४४ लाख भने निको भएका छन् । वल्ड्रोमिटरका अनुसार ७६ लाख ४८ हजार सक्रिय सङ्क्रमितमध्ये ६५ हजारको अवस्था जटिल रहेको र बाँकी ७५ लाख ८३ हजारको अवस्था सामान्य छ ।
गएको २४ घण्टामा विश्वभर २ लाख ९४ हजारमा कोरोना पुष्टि भएको छ भने ५ हजार ३ सय जनाको ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ७२ लाख ८७ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ९ हजारको ज्यान गएको छ ।
यस्तै ५९ लाख ९० हजारमा कोरोना पोजेटिभ देखिएको भारतमा साढे ९४ हजारको ज्यान गएको छ । यसैगरी ब्राजिलमा ४७ लाख १८ हजारमा कोरोना पुष्टि हुँदा १ लाख ४१ हजारको ज्यान गैसकेको वल्ड्रोमिटरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।