खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एअरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
पर्यटनमन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर हिमालय एअरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएका बारेमा जानकारी लिँदै अहिलेलाई त्याे निर्णय यथास्थितिमा राख्न आग्रह गर्नुभएको मन्त्रालयको उच्च स्रोतले जानकारी दिएकाे छ । मन्त्रीले हिमालय एअरलाइन्सको प्राविधिक क्षमता, व्यावसायिक प्रस्ताव, जनशक्तिलगायत सम्पूर्ण कुराको अध्ययन गरेर मात्र थप निर्णय लिन निर्देशन दिनुभएको बुझिएको छ । मन्त्री भट्टराईले यस्ता संवेदनशील निर्णय गर्दा मन्त्रालयको उच्च नेतृत्वलाई जानकारी गराएर मात्र गर्न पनि निर्देशन निर्देशन दिनुभएको छ ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई पनि सँगै राखेर मन्त्री भट्टराईले मन्त्रालयको उच्च तहसँग कुनै पूर्वजानकारी र सहमति नलिइ त्याे निर्णय लिएका बारे महानिर्देशकसँग जवाफ मागेको प्राधिकरणले जनाएको छ । केही दिनयता हिमालयलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो ।
पर्यटनमन्त्री, सचिव र महानिर्देशकबीच भएको छलफलमा मन्त्री भट्टराईले मापदण्ड पूरा नगरि ग्राउण्ड ह्याण्डलिङ लिएका अरु कुनै एअरलाइन्स भए पनि तीनको ग्राउण्ड ह्याण्डलिङ सेवा पनि नेपाल एअरलाइन्सलाई दिन निर्देशन दिनुभएको छ ।
एअर इण्डिया र थाई एअरवेजले आवश्यक मापदण्ड पूरा नगरि ग्राउण्ड ह्याण्डलिङ सेवा उपयोग गर्दै आएको स्रोतले जनाएको छ । प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ मा ग्राउण्ड ह्याण्डलिङका लागि त्रिभुवन विमानस्थलमा हप्तामा ३५ उडान गर्ने एअरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ अनुमति दिने सक्ने प्रावधान छ । हिमालय एअरलाइन्सको हप्तामा ४५ उडान अनुमति स्वीकृत भएको प्राधिकरणले जनाएको छ ।
यसैबीच प्राधिकरणले विज्ञप्ति निकाल्दै हिमालय एअरलाइन्सलाई आफै गर्न पाउने ग्राउण्ड ह्याण्डलिङ अनुमति दिइएको विषयलाई लिएर केही सञ्चार माध्यममा आएको समाचारप्रति प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ ।
ग्राउण्ड ह्याण्डलिङ निर्देशिका व्यवस्थाबमोजिम हिमालयले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधाका लागि गएकाे चैत ७ गते निवेदन दिएको र प्राधिकरणको भदौ २८ को निर्णयअनुसार त्याे एअरलाइन्सलाई अनुमति प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
हिमालयबाहेक एअर एण्डिया र थाई एअरवेज इन्टरनेशनलले मात्र सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा प्राप्त गरेका छन् । प्राधिकरणले अहिले नेपालमा व्यावसायिक ग्राउण्ड ह्याण्डलिङको सेवा प्रदान गर्न नेपाल वायु सेवा निगमलाई मात्र अनुमति दिएको छ । निगमले आफ्नो अतिरिक्त अन्य २५ विदेशी वायु सेवालाई व्यावसायिक ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।