हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - विवादित क्षेत्रलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध हुँदा २३ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।
नागोरना काराबख क्षेत्रलाई लिएर विवाद बढ्दै जाँदै दुवै देशले एक-अर्काको क्षेत्रमा हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । अजरबैजानले पहिला विवादित क्षेत्रमा रहेको बस्तीमा हवाई आक्रमण गरेको आरोप अर्मेनियाले लगाएको छ ।
त्यसपछि प्रतिरक्षा कार्यमा अर्मेनियाले पनि अजरबैजानको हेलिकप्टर र सैन्य ट्याङ्कहरु ध्वस्त बनाएको बताइएको छ । विवादित क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भूमि भनेर चिनिन्छ । तर त्यो भूमि आदिवासी अर्मेनियनहरुको नियन्त्रणमा रहेको छ ।
यो क्षेत्रलाई लिएर झण्डै तीन दशकदेखि दुवै देशबीच विवाद हुँदै आएको थियो । आक्रमणपछि अर्मेनिया सरकारले सैन्य कानुन लागू गर्दै सैनिक परिचालन गर्ने निर्णय गरेको छ । अजरबैजानले अर्मेनियाको आक्रमणबाट आफ्ना सर्वसाधारण मारिएको बताएको छ । अजरबैजान सरकारले अर्मेनियाको आक्रमणको प्रतिरक्षा गर्न सेनालाई तयार रहन निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।